महाधिवेशनअघि कांग्रेसको मेलमिलाप कति सम्भव ?
प्रश्न समाचार ब्युरो
2026-08-25T09:28:09.493273Z

८ भदौ, काठमाडौं । १५ औं महाधिवेशनका लागि निर्धारित मिति नजिकिँदै गए पनि कांग्रेसभित्रको राजनीतिक र कानूनी विवाद समाधान हुन सकेको छैन ।
पार्टीको एउटा पक्ष अदालतको निर्णयको प्रतीक्षामा रहँदा अर्को पक्ष त्यसअघि नै राजनीतिक सहमतिमार्फत विवाद टुंग्याएर महाधिवेशनको वातावरण बनाउनुपर्ने बताइरहेको छ ।१५ औं महाधिवेशनअन्तर्गत कांग्रेसले २४ भदौमा वडा अधिवेशनको मिति तय गरेको छ । तर, संस्थापन इतर समूह भने अदालतको अन्तिम फैसला नआउँदासम्म अधिवेशनका सम्पूर्ण गतिविधि रोक्नु पर्ने अडानमा छ ।
सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दामा भएको अघिल्लो फैसलामाथि पुनरावलोकन गर्ने निस्सा दिएपछि इतर समूह मुद्दा विचाराधीन रहेको अवस्थामा अधिवेशन रोक्नु पर्ने माग गरिरहेको छ ।
“आयोजक समिति होइन, व्यवस्थापनका लागि संयन्त्र बन्न सक्छ : प्रवक्ता चालिसे”
टिप्पणी गर्नुहोस्
अहिलेसम्म कुनै टिप्पणी छैन।
